सम्पादकीयः उच्च सतर्कता अपनाउन आग्रह – Jaleshwortoday

सम्पादकीयः उच्च सतर्कता अपनाउन आग्रह

 September 24, 2026  

जल तथा मौसम विज्ञान विभागको अनुसार सबै जनाले उच्च सतर्कता अपनाउन जरुरी रहेको छ । जल तथा मौसम विज्ञान विभागले दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ र बाजुरामा रेड अलर्ट जारी गरेको छ । आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ Úगर्जन चÚट्याङ हावाहुÚरीका साथ भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार मधेश, कोशी बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चÚट्याङ हावाहुÚरीका साथ भारी वर्षा र अति भारी वर्षा ,कर्णाली प्रदेशमा पनि भारी वर्षाको सम्भावना रहेको छ । देशका अधिकांश भागहरूमा मेघ Úगर्जन चÚट्याङ हावाहुÚरी सहित मध्यम वर्षा हुनेछ । तसर्थ बाÚढी पÚहिरो तथा भूÚक्षयको जोÚखिम रहेको सहरी तथा तराईका क्षेत्रहरूमा डुÚबानको जोÚखिम, साना तथा ठूला नदीहरूमा जल सतह बढ्ने भएकाले नदी आसपासमा भएका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रÚभावित हुने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । यसैगरी हिमाली क्षेत्रमा पनि भारी वर्षा र भारी हिमपाÚतको सम्भावना भएकोले पर्वातारोही तथा सम्बन्धित सबैले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । हिन्दुहरुको महान आस्थाको पर्व ईन्द्र पुजा पनि यसै समयको वरिपरी पर्र्ने भएकोले बुधबार बेलुकादेखि नै मधेसमा वर्षाको संकेत देखिएकोले सबैले आफ्नो ठाउँमा उच्च सतर्कता अपनाउन जरुरी देखिन्छ।