निजि क्षेत्रको लगानी आकर्षित गर्न मधेश सरकार प्रयासरत ः मुख्यमन्त्री राउत – Jaleshwortoday

निजि क्षेत्रको लगानी आकर्षित गर्न मधेश सरकार प्रयासरत ः मुख्यमन्त्री राउत

 January 27, 2022  
CM

जलेश्वरटुडे समाचारदाता
सप्तरी, १३ माघ

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले निजि क्षेत्रको लगानी भित्र्याउन प्रदेश सरकार हरसम्भव प्रयास गरि रहेकोे बताएका छन् । सप्तरी उद्योग वाणिज्य संघद्वारा नवनिर्वाचित कार्यसमितिको पदभार तथा सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले निजि क्षेत्रको लगानी बिना प्रदेशको बिकास सम्भव नरहेकोले निजि क्षेत्रको लगानी भित्र्याउन प्रदेश सरकार प्रयासरत रहेको बताए । प्रदेश सरकारले ल्याएको उद्योग एनले उद्योगी ब्यवसायीहरुलाई मधेशमा लगानी सहज बनाएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले एक साता भित्रै नियमावली आउन लागेको जानकारी समेत गराए । कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले निजि क्षेत्रको लगानी आकर्षित गर्न मधेश सरकारले छिट्टै लगानी सम्मेलन आयोजना गर्न लागेको जानकारी गराए । नवनिर्वाचित अध्यक्ष लालु प्रसाद अग्रबालको अध्यक्षतामा भएको कार्यक्रममा निबर्तमान अध्यक्ष अरुण प्रधान सहित विभिन्न क्षेत्रका अगुवाहरुले शुभकामना मन्तव्य राखेका थिए ।