होलिमा सर्तकता अपनाऔं – Jaleshwortoday

होलिमा सर्तकता अपनाऔं

 March 18, 2022  
Jaleshwor Today Editorial

नेपालमा चैत्र ३ गते अर्थात् आज रङ्गहरूको पर्व होली पहाडी समुदायमा मनाइँदैछ भने शुक्रबार तराई क्षेत्रमा मनाइन्छ । हरेक वर्ष होली पर्व सकिएपछि छालासम्बन्धी विभिन्न प्रकारका समस्या लिएर धेरै जना स्किन अस्पताल पुग्ने छाला रोग विशेषज्ञहरू बताउँछन् । होली खेल्दा सावधानी नअपनाउँदा अनुहारमा समस्या देखियो भन्दै अस्पताल पुग्नेको सङ्ख्या बढ्दै गएको छाला रोग विशेषज्ञहरू बताउँछन् । होली खेल्दा जुन पायो त्यही रङ्ग प्रयोग गर्दा अनुहारमा चाया, पातो आएका, छाला डढेका, डन्डिफोरहरू आएका तथा एलर्जी भएकाहरू अनुहार तथा छालामा थप समस्या देखिएर अस्पताल पुग्ने गर्छन् । जुन पायो त्यही रङ्गहरूको जथाभाबी होलीमा प्रयोग गर्दा छालाको एलर्जी, हुने आँखाको एलर्जी, चिलाउने, पोल्ने, छाला झन् सुख्खा हुने, धेरै बेरसम्म अनुहारमा रङ्ग दलिरहँदा छाला रगडिने, आँखाको दृष्टि गुम्नुका साथै छालासम्बन्धी विभिन्न स्वास्थ्य समस्याले सताउन सक्छ । बजारमा पाइने रङ्ग तथा अबिरहरूमा स्वास्थ्यलाई नै हानी पु¥याउने रसायन मिसाइएको हुनेले सचेत हुन अति आवश्यक पर्छ । रसायनयुक्त रङ्ग तथा अबिरको प्रयोग गर्दा छालामा मात्रै नभई शरीर भित्रका अन्य अङ्गहरूलाई समेत असर गर्न सक्छ । अन्त्यमा होलि रंगअबिरको पर्व भए पनि यसलाई आफ््नै सुरक्षित तरिकाबाट मनाऔं । सबैको जय होस् । होलिले सबैमा सकारात्मक उर्जा दिउन ।