जलेश्वरमा खानेपानी गुणस्तर जाँच केन्द्र शुरु – Jaleshwortoday

जलेश्वरमा खानेपानी गुणस्तर जाँच केन्द्र शुरु

 April 14, 2022  
PP

जलेश्वरटुडे समाचारदाता
जलेश्वर, ३० चैत्र

जलेश्वरमा खानेपानी गुणस्तर जाँच केन्द्र शुरु भएपछि शुद्धता परीक्षणको लागि जनकपुर पानी बोकेर जनकपुर पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
युनिसेफको साझेदारी तथा नेपाल नगरपालिका संघको अगुवाइमा जलेश्वर नगरपालिका कार्यालयभित्र शुरु खानेपानी गुणस्तर जाँच केन्द्र स्थापना भएको हो । जाँच केन्द्र स्थापना भएसँगै सर्वसाधारणले प्रयोग गर्ने खानेपानीको परीक्षण गराउने भएका छन् । खानेपानी पिउने योग्य रहे÷नरहेको पत्ता लगाउनुका साथै केन्द्रले यसको उपचार पद्धतिबारे समेत जानकारी दिने नेपाल नगरपालिका संघका वास फिल्ड अफिसर अकबर अन्सारीले बताए ।
महोत्तरी जिल्लाको दशमध्ये जलेश्वर, मटिहानी र बर्दिवास नगरपालिकामा खानेपानी गुणस्तर जाँच केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको छ । अब यस्तै जाँच केन्द्र मटिहानी र बर्दिवासमा स्थापना हुने क्रममा रहेको अन्सारीले जानकारी दिए ।
जलेश्वर नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत प्रबिण कुमार झाले स्वामित्व ग्रहण गर्दै खानेपानी गुणस्तर जाँच केन्द्र खानेपानी, सरसफाई तथा स्वच्छता शाखा अन्तर्गत राखिएको बताए । उनले खानेपानीको गुणस्तर जाँचको सेवा प्राप्तीका लागि सबै नगरवासीा अपिल समेत गरेका छन् ।