योग्य प्रतिनिधी चयन गरौं – Jaleshwortoday

योग्य प्रतिनिधी चयन गरौं

 April 17, 2022  
Jaleshwor Today Editorial

स्थानिय चुनावको अब २५ दिन मात्र बाँकी रहेको परिवेशमा जनसमुदायलाई यस चुनावमा कसलाई आफ्नो प्रतिनिधि बनाउने भन्ने विषयमा चिन्तन तथा दबाब रहेको सहजै बुझ्न सकिन्छ ।
अहिले विभिन्न ७९ वटा पार्टीका नेता तथा कार्यकर्ताहरु आफ््नो पक्षलाई मजबुत देखाउनमा समेत तल्लिन रहेको देख्न सकिन्छ । जनतालाई आफ्नो पार्टीतिर तान्न विभिन्न पार्टीहरुले विभिन्न किसिमले प्रचारात्मक कार्यक्रमहरु गरिरहेको पनि सहजै देख्न सकिन्छ । प्रथम स्थानिय चुनावबाट निर्वाचित जनप्र्रतिनिधिहरु समेत जनताको मुल्यांकनमा छन्् । यी मिश्रित परिवेशहरुमा एउटा कुशल तथा कर्मठ पुरानै वा नयाँ नेता छनौट गर्नमा सकस हुनु स्वाभाविक हो । तर नेपाललाई सहि रुपमा विश्वको नक्सामा आर्थिक तथा अन्य क्षेत्रबाट सबल देखाउनु छ भने स्थानिय स्तरबाट नै कुशल जनप्रतिनिधिको छनौट गर्न आवश्यक रहेको देखिन्छ । यस पटकको चुनावमा युवा वर्गको समेत सहभागिता बढने सम्भावना देखिन्छ । तसर्थ आफ्नो मतलाई योग्य तथा देश विकासमा सहयोगी प्रतिनिधि छनौट गर्नमा प्रयोग गर्नु नै बुद्धिमानी हुने छ ।