मधेस प्रदेशको राजधानी जनकपुरधाममा तेज चालकको कारण दिनहुँ सडक दुर्घटना बढेको छ । ट्राफिक प्रहरी,जनपथ तथा सशस्त्र प्र्रहरीको प्र्रत्येक चौकदेखि विभिन्न ठाउँमा ड्युटि भए पनि तिब्र्र गतिमा चलाउने चालकको बिगबिगीका कारण सर्बसाधारण विभिन्न किसिमले दुर्घटना ग्रस्त हुनुका साथै ज्यानको खतरा बढेको छ । यस्ता चालकहरु प्र्रहरीको पनि आँखा छलेर रोक्न भन्दा पनि नरोक्ने र भाग्ने क्रममा अन्य दुर्घटना गरेर भागेको देखिएको छ । अहिले प्रदेश प्रहरीको ठूलो चुनौतिको रुपमा देखिएको यो समस्या जसको उपचार अहिलेसम्म देखिएको छैन । यसले गर्दा राजधानी असुरक्षित बन्न गएको छ । यसको सुधारको लागि त्यस्ता अनुशासनहीन गैर कानूनी रुपमा बाइक चलाउने चालकहरुको नियन्त्रणको लागि प्रदेश ट्राफिक लगायत सम्बन्धीत सरोकारबालाहरुले संबेदनशील हुनुपर्ने आवश्यकता रहेको छ । यति मात्र होइन यसको लागि नीतिगत रुपमा यस्ता चालकहरुलाई पक्रेपछि कडा दण्ड सजायको कार्यान्वयन गर्न गराउन जरुरी छ । ट्राफिक प्रहरीले माइकींग बिधिबाट जनचेतना फैलाउन जरुरी छ ।
