गुण्डा शैलिमा मान मर्यादा मर्दन गरेको बहालबाला संंस्थापकहरुलाई नेपाल प्याब्सनको चेतावनी – Jaleshwortoday

गुण्डा शैलिमा मान मर्यादा मर्दन गरेको बहालबाला संंस्थापकहरुलाई नेपाल प्याब्सनको चेतावनी

 December 7, 2022  
rr

जलेश्वरटुडे समाचारदाता
धनुषा, २० मंसिर

गुण्डा शैलिमा आशुतोष शिशु आश्रमको मान मर्यादा मर्दन गरेको बहालबाला संंस्थापकहरुलाई नेपाल प्याब्सन धनुषाले भविष्यमा आईलाग्नेमाथि प्रतिकार गर्ने तथा कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं.— ७ मा अवस्थित नेपाल प्याब्सन धनुुषाको सदस्य विद्यालय आशुतोष शिशु आश्रममा २०७९ मंसिर १६ गते शुक्रबारको दिन दिउँसो ३ बजे केहि बहालबाला नीजि विद्यालयका संस्थापकहरु क्रमशःअमरेन्द्र झा,सुजित मिश्र,आशिष झा,अमन यादव,दिपेन्द्र चौधरी लगायतका ८ जनाको समुहमा आई गुण्डा शैलिमा डेस्क—बेञ्च तोड्ने, विद्यालयलाई क्षति पुर्याउने,विद्यार्थी माथि रहेको बक्यौता लेबी सहित असुली गर्ने जस्तो धम्कीपूर्ण शब्दहरु प्रयोग गरी यस आशुतोष शिशु आश्रमको मान मर्यादा मर्दन गरेको र उक्त कार्यले यस विद्यालयको पठ्नपाठ्न र विद्यार्थी तथा अभिभावकमा मानसिक पिडा परेको ठहर गरी उक्त कार्यको नेपाल प्याब्सन धनुषा परिवार घोर भत्र्सना गर्दछ । विद्यालय विद्याको मन्दिर मानिन्छ जहाँ कुनै पनि खराव तत्वको अत्याचार निषेध गरिएको हुन्छ । त्यसकारण पनि विद्यालयलाई शान्ति क्षेत्रको रुपमा समेत नेपाल सरकारबाट घोषणा गरिएको छ । यसबाट सो विद्यालयलाई पर्न गएको भौतिक तथा मानसिक क्षतिको सम्पूर्ण जिम्मा ती संस्थापकहरुले नै लिनु पर्ने र यसको क्षतिपूूर्ति पनि ती संस्थापकहरुले नै सिघ्र गर्नुपर्ने नेपाल प्याब्सन धनुषाले जोडदार माँग गरेको छ । साथै अब आइन्दा यस किसिमको कार्य भविष्यमा दोहोरिए, नेपाल प्याब्सन धनुषा कडा भन्दा कडा रुपमा प्रस्तुत भई प्रतिकार गर्ने र कानुनी उपचार समेत खोज्ने चेतावनी दिदै सम्बन्धित संस्थापकहरुलाई जानकारी गराएका छन् ।