जलेश्वरटुडे समाचारदाता
धनुषा, १० पौंष

मधेस प्रदेशको राजधानी जनकपुरधाममा अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले विभिन्न कार्यक्रमहरु गरी क्रिसमस डे मनाएका छन् ।

सो अवसरमा ज्ञान गंगाको प्रधानाध्यापक प्रा.पवन कुमार साहले विद्यार्थीहरुलाई जिसस क्राईष्टको जन्म तथा जिवनीको बारेमा जानकारी गराएका थिए ।

प्र.अ.साहले विद्यार्थीहरुलाई शान्ता क्लासको पहिरनको समेत अनुकरण गराई क्रिसमस ट्री सँगको विभिन्न रोचक जानकारीहरु गराएका थिए । विद्यार्थीहरु

नयाँ पहिरन तथा क्रिसमस ट्री सँग धेरै नै रमाएका थिए । विद्यालयका गुरुवर्ग सरोज झा,विवेकानन्द झा लगायतका शिक्षक शिक्षिकाहरु तथा कर्मचारीहरु

समेत उत्साहित तथा कार्यक्रमहरुमा सहभागि देखिएका थिए ।
इसाई धर्मावलम्बीहरूद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष

डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी क्रिसमस डे मनाउने गरिएको छ । यस अवसरमा

महोत्तरी,धनुुषा जिल्लाका विभिन्न चर्चहरु लगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी यो पर्व मनाइएको छ । सो अवसरमा राष्ट्रपति

भण्डारीले समेत इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरू बीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न

सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् । यता हिन्दु धर्माबलम्बिहरु २५ डिसेम्बरको दिन तुुलसी दिवसको रुपमा मनाउने गरेको परम्परा रहेको छ ।

यस दिन तुलसीको नयाँ विरुवा रोपने तथा विशेष पुजाआजा गर्ने गरिन्छ ।






















