जलेश्वरटुडे समाचारदाता
धनुषा, ११ माघ

मधेस प्रदेशको राजधानी जनकपुरधाममा अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले आज ६ औ वार्षिकोत्सवको अवसरमा प्रभात फेरी कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा विद्यालयका विद्यार्थीहरु,शिक्षक—शिक्षिका तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सो कार्यक्रम विद्यालयको परिसरबाट शुरु भई

एयरपोर्ट रोड हुदै हनुमाननगर,रामपुर,प्रदेश सभा,कुपेश्वरनाथ मन्दिर,क्याम्पस चौक,माछापालन हुदै फेरी विद्यालयमा आई समापन भएको थियो । रैलीमा

विद्यालयका विद्यार्थीहरुका हातमा नेपालको राष्ट्रिय झण्डा,विद्यालयको झण्डा तथा विभिन्न चेतनामूलक सन्देश सहितको प्ले कार्ड देखिएका थिए ।

विद्यालयको प्रधानाध्यापक प्रा.पवन कुमार साहले माघ महिनाको बसन्त पञ्चमीको दिन विद्यालयको वार्षिकोत्सव पर्ने हुदा सो दिन पुजाआजा गरी

साँस्कृतिक कार्यक्रमको आयोजना गरिने छ भने १८ गते बुधबार विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान तथा पुरस्कार वितरणको कार्यक्रम रहेको जानकारी गराउनु भयो ।






















