जसपा नेता यादवलाई प्रहरीद्वारा कुटपिट – Jaleshwortoday

जसपा नेता यादवलाई प्रहरीद्वारा कुटपिट

 April 4, 2023  
yy

शुभ नारायण यादव
सप्तरी, २१ चैत्र

दिउँसै मदिरा सेवन गरि जिल्ला प्रहरी कार्यालय सप्तरीमै जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई कुटपिट गरि घाइते बनाएको बिरोधमा जसपाका नेता तथा कार्यकर्ताहरू राजविराजमा प्रहरीको बिरोधमा उत्रेका छन् ।उनीहरूले जिल्ला प्रहरी कार्यालय सप्तरीको मुल गेटमा टायर बालेर प्रर्दशनमा गरिरहेका छन् ।

जसपा नेपालका जिल्ला अध्यक्ष केदार यादवले एक घटना बारे बुझ्न जादा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी निरीक्षक नवीन थापाले यादवलाई मरनासन हुने गरि कुटपिट गरेका छन् ।

उनको टाउकोमा गम्भीर चोट छ। तथा कुटपिटबाट गम्भीर घाइते नेता यादवको तत्काल राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा उपचार भइरहेको जसपा नेपालका विघार्थि नेता श्याम कुमार यादवले जानकारी दिए ।