महोत्तरीमा हतियारधारीले बैंकबाट लुटे ३५ लाख भन्दा बढी रकम – Jaleshwortoday

महोत्तरीमा हतियारधारीले बैंकबाट लुटे ३५ लाख भन्दा बढी रकम

 May 30, 2023  
kk

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १६ जेष्ठ

महोत्तरीमा दिनदहाडै बैँकबाट रकम लुटिएको छ ।

जिल्लाको महोत्तरी गाउँपालिका २ स्थित रहेकि एनएमबि बैंकबाट ३५ लाखभन्दा बढी रकम लुटिएको छ।

मंगलबार दिउँसो १२ बजेर २५ मिनेटमा हतियारधारीको समूहले रकम लुटपाट गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।

एसपी मल्लका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर फरार भएका हुन्।

फरार भएकाहरुको खोजी भइरहेको उनले बताए।