जलेश्वरमा संसारीमाईको शोभा यात्रा भव्यताका साथ निकालियो – Jaleshwortoday

जलेश्वरमा संसारीमाईको शोभा यात्रा भव्यताका साथ निकालियो

 June 4, 2023  
ww

जलेश्वरटुडे समाचारदाता
जलेश्वर, २० जेष्ठ
महोत्तरीको जलेश्वरमा आज संसारीमाईको शोभा यात्रा निकालिएको छ ।
सो शोभा यात्रामा प्रमुख अतिथि मधेस प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादव,अतिथि प्रदेश साँसद दिपेन्द्र ठाकुर,श्री संसारी माई महापुजा समितिको अध्यक्ष अशोक कुमार साह,जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनार,मटिहानी नगरपालिकाको मेयर हरि प्रसाद मण्डल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्था,विद्यालयहरु,श्रद्धालु नगरबासी,प्रहरी तथा पत्रकारहरुको सहभागिता रहेको थियो । शोभा यात्रा नगरको मुख्य सडक भएर निकालिएको थियो । शोभा यात्रामा हजारौ व्यक्तिहरुको सहभागिता रहेको अनुमान गरिएको छ ।