जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १४ असार
जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तहमा जाने कर्मचारीको चरम अभाव देखिएको छ । मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये १ सय ४० वटामा अहिले प्रमुख प्रशासकीय अधिकृत छैनन् । प्रमुख प्रशासकीय अधिकृतको अभावमा कतिपय स्थानीय तहले बजेट समेत ल्याउन सकेका छैनन् ।
बजेट निर्माण र कार्यान्वयनमा प्रमुख भूमिका रहने प्रमुख प्रशासकीय अधिकृतसहितका जनशक्ति नै पर्याप्त नभएको भन्दै स्थानीय तहहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अतिरिक्त गाउँपालिका महासंघ र नगरपालिका संघमा गुनासो गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ४४ नगरपालिका र ९६ वटा गाउँपालिकाले बजेट ल्याउँदा निमित्त प्रमुख प्रशासकीय अधिकृत नगर तथा गाउँसभाको सचिव बन्नु परेको थियो ।
उनले नगरपालिकामा पठाएका प्रमुख प्रशासकीय अधिकृतहरु पनि प्रशासन क्षेत्रभन्दा बाहिरका विषयगत उपसचिवहरु पठाउँदा कार्य सम्पादन प्रभावकारी हुन नसकेको बताए ।
‘प्रशासन क्षेत्रको मान्छेले नेतृत्व गर्नुपर्नेमा शिक्षा क्षेत्र, राजस्व जस्ता क्षेत्रबाट मान्छे आउँदा नगरपालिकाहरुको कार्य सम्पादनले गति लिन सकेको छैन,’ ढुंगानाले भने । उनले स्थानीय तहरुमा लेखा अधिकृतको पनि अभाव हुँदा समस्या भइरहेको गुनासो गरे ।
