मधेश प्रदेशका सभामुख मण्डलले खेतमा धान रोप्दै गरेको भेटिए – Jaleshwortoday

मधेश प्रदेशका सभामुख मण्डलले खेतमा धान रोप्दै गरेको भेटिए

 June 30, 2023  
tt

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १४ असार

मधेश प्रदेश स्थित अखिल नेपाल किसान महासंघ, धनुषाधाम नगर कमिटीद्वारा अयोजित धान रोपाई कार्यक्रममा मधेश प्रदेशका सभामुख मण्डलले खेतमा धान रोप्दै गरेको भेटिए । धनुषाको धनुषाधाम नगरपालिका ८ कुम्हरा टोल स्थित किसान महासंघले आयोजना गरेको कार्यक्रममा सभामुख मण्डल धान खेतमै परम्परागत शैलीमा धान रोप्दै गरेको भेटिए । मनसुनको आगमनसँगै कृषकहरु रोपाई गर्न ताजोपाँजो मिलाउने गर्छन् ।

असार भन्ने बित्तिकै कृषकहरुलाई खेतमा कुलो लगाउने पानी हुल्ने र रोपाईको चटारो हुन्छ । सभामुख मण्डलले भने, ‘अषाढमा मानो रोपेर मंसिरमा मुरी फलाउँछन् चिन्तनामा हुन्छन कृषकहरु । असार लागेसंगै किसानहरु मानो रोप्ने चटारो छ ।’ सभामुख मण्डलले कामको थकान महसुस हुन नदिन धान रोप्नेहरु असारे गित गाँउदै छुपुछुपु धान रोप्ने परम्परागत गीतहरु हराएपनि त्यसलाई अहिले जोगाउन आवश्यक रहेको बताए । सभामुख मण्डल सहित किसानहरुको समुहले करिब ५ कठ्ठा खेतमा धान रोपाई गरेको छ ।