मटिहानी नगरपालिकाद्वारा मखान खेती गर्ने कृषकलाई सामाग्री प्रदान – Jaleshwortoday

मटिहानी नगरपालिकाद्वारा मखान खेती गर्ने कृषकलाई सामाग्री प्रदान

 July 1, 2023  
hh

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १६ असार

महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको मखान खेती गर्ने कृषकलाई मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले मखानको बाजारीकरणमा सहयोग पुग्ने सामाग्री बितरण गर्नु भएकोछ ।

मटिहानी नगरपालिका वडा ७ का मखान खेती गर्ने सहनी (मल्लाह) जातिका कृषकहरुलाई बोरा,हाते झोला,त्रिपाल,बोरा सिलाउने मसिन लगायतका सामाग्रीहरु आज एक कार्यक्रम बीच बितरण गर्नुभयो ।सो अवसरमा प्रमुख मंडलले स्थानीय मखान खेतिलाई प्रोत्साहित सहित प्रचार प्रसार गर्ने उद्देश्यले सामग्री बितरण गरिएको भन्नुभयो ।

महोत्तरी जिल्लामा सब भन्दा बढ़ी मटिहानीमा मखान खेती गरिन्छ । मटिहानीका करीब ३० वटा पोखरीमा मखान खेती गर्ने गरिएको छ ।मखान खेती खास गरी मल्लाह जातिले गर्ने गरेका छन ।

मखान नगदे बालिको रुपमा समेत रहेको छ ।मखान खेतीबात राम्रो आम्दानी आउन थालेपछि मल्लाह सहित मुस्लिम जाती समेत सो कार्यमा संलग्न रहेका छन ।मखान बिशेष गरी दीपावली , कोजाग्रा पूर्णिमा प्रयोग हुने गरेको छ ।

मखानको हिन्दु धर्ममा बिशेष महत्व रहेको छ ।हाल मखान खेती र ब्यबसायमा सहनी र मुस्लिम जातिका करीब १ सय मटिहानीका परिवारहरु संलग्न रहेको कुरा कृषि शाखा प्रमुख टंक प्रसाद उपाध्यायले बताउनुभयो ।

उक्त सामाग्री बितरण कार्यक्रममा मटिहानी नगरपालिका वडा ६,७, र ८ का वडा अध्यक्षहरु कलीम अंसारी, जितनारायन माझी र रितेश साह,राजाराम सहनी पवन सहनी मुसाफिर सहनी लगायतका मखान खेती गर्ने कृषकहरुको उपस्थिति रहेको थियो ।