दलित भनेर विभेद गरेको आरोपमा घरबेटी पक्राउ – Jaleshwortoday

दलित भनेर विभेद गरेको आरोपमा घरबेटी पक्राउ

 July 1, 2023  
gg

जलेश्वरटुडे समाचारदाता
दांग, १६ असार

दाङमा आफ्नो घरमा कोठा भाडामा बस्ने व्यक्तिलाई दलित भनेर विभेद गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पीडितको उजुरीको आधारमा प्रहरीले प्रहरीले घोराही उपमहानगरपालिका-१७ का ताराप्रसाद पोखरेललाई  पक्राउ गरेको हो । पोखरेलमाथि आफ्नो घरमा डेरामा बसेका अंगराज परियार र महेन्द्र बिश्वकर्मालाई जातकै आधारमा विभेद गर्दै कोठा छाड्न दबाव दिएको आरोप छ । परियारका अनुसार  दलित भएको थाहा पाएपछि शुक्रबार पोखरेलले कोठा छाड्न दबाबव दिएका हुन् ।

भाडामा बस्ने परियार र विश्वकर्माले शुक्रबार नै प्रहरीमा उजुरी दिएपछि प्रहरीले पोख्रेललाई नियन्त्रणमा लिएको छ । डीएसपी राजनकुमार गौतमका अनुसार पीडित पक्षको जाहेरी आएमा अनुसन्धान सुरु हुने५ ।

प्रेस सेन्टर नेपाल र दलित पत्रकार संघले परियार र विश्वकर्मामाथि भएको घटनाको बिरोध जनाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन् ।