एसईई नतिजा यसै साताभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी – Jaleshwortoday

एसईई नतिजा यसै साताभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

 July 2, 2023  
tt

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १७ असार

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यसै साता अर्थात् शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले कक्षा १० को नतिजा यही हप्ता सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताए ।

नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको छ ।

अन्तिम रुजु र इन्ट्री गर्ने प्राविधिक प्रकृतिको काम भएकाले लक्ष्य पूरा नै हुन्छ भन्ने एकिन हुँदैन । प्राविधिक समस्या नआए नतिजा प्रकाशन अर्को साता धकेलिन पनि सक्ने बोर्डका कर्मचारीले बताए ।

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।