नगराइन २ का वडाध्यक्ष र वडासचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर – Jaleshwortoday

नगराइन २ का वडाध्यक्ष र वडासचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 July 7, 2023  
hh

जलेश्वरटुडे समाचारदाता
धनुषा, २२ असार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको नगराइन नगरपालिका २ का वडाध्यक्ष वुलन यादव र वडासचिव अमृत नारायण मिश्रविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले दुबैजनालाई नियन्त्रणमा लिएको थियो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा यादव र मिश्रले सडक निर्माणको कार्य सम्पन्न पश्चात भुक्तानीको लागि पूर्वाधार विकास कार्यालय धनुषालाई सिफारिस गरीदिएबापत सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुस लिएको कुरा पुष्टि भएको हो ।

अख्तियारले उनीहरूविरुद्ध ७० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ ।