जलेश्वरटुडे समाचारदाता
धनुषा, १३ श्रावण
शनिबार कुशवाहा फाउन्डेसन र श्री हनुमान मन्दिर व्यवस्थापन समितीद्वारा सँयुक्त रुपमा आयोजना गरिएको सरसफाइ तथा वृक्षरोपण कार्यक्रम श्री हनुमान मन्दिरका अध्यक्ष श्री खुशराम शरण (बाबा) को अध्यक्षतामा श्री हनुमान मन्दिर , जनकपुधाम ७ (बशिस्ट चौक) भ्रमपुरा चौकमा अवस्थित रहेको मन्दिरको सरसफाई तथा मन्दिर परिसरमा बृक्षारोपण सम्पन्न गरिएको छ ।
साथै सो कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्ण सहयोगी मित्रजन साथीहरुमा कुशवाहा फाउन्डेसन र श्री हनुमान मन्दिर व्यवस्थापन समितिले धेरै धेरै धन्यवाद सहित हार्दिक अभार प्रकट गरेका थिए ।
