लम्पी स्किन प्रभावितलाई राहत दिने सम्बन्धी कार्यविधि पास गर्न ढिलाइ भएकै हो : कृषिमन्त्री – Jaleshwortoday

लम्पी स्किन प्रभावितलाई राहत दिने सम्बन्धी कार्यविधि पास गर्न ढिलाइ भएकै हो : कृषिमन्त्री

 September 3, 2023  
bb

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १७ भाद्र

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोग प्रभावित किसानलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड स्वीकृत गर्न ढिलाइ भएको स्वीकार गरेका छन् ।

आाइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भुसालले प्रक्रियागत ढिलाइ भएको स्वीकार गरे ।

‘मन्त्रालयबाट पठाइएको प्रस्ताव अर्थ र गृह मन्त्रालयमा प्रक्रियामा रहेको र यो नियतले भन्दा पनि प्रक्रियागत कामका कारण ढिलाइ भएकै हो,’ मन्त्री भुसालले भने, ‘अब छिट्टै पास हुन्छ । किसानले राहत पाउनेछन् ।’

मन्त्री भुसालले लम्पी स्किन नियन्त्रण उन्मुख भएको भन्दै अब सरकारले निःशुल्क खाेप उपलब्ध गराउने पनि बताए ।