पत्रकार राहुल गुप्ता लाई धम्कि दिने विरुद्ध नेपाल फोटो पत्रकार महासंघ पर्सा ले प्रेस बिज्ञप्ति निकाल्दै कार्वाही गर्न ध्यानाकर्षण – Jaleshwortoday

पत्रकार राहुल गुप्ता लाई धम्कि दिने विरुद्ध नेपाल फोटो पत्रकार महासंघ पर्सा ले प्रेस बिज्ञप्ति निकाल्दै कार्वाही गर्न ध्यानाकर्षण

 September 13, 2023  
vv

जलेश्वरटुडे समाचारदाता
पर्सा २७ भाद्र

मिति २०८०/०५/२७ गते प्रहार डेलि डट कमका संचालक तथा फोटो पत्रकार महासंघ पर्सा शाखाका सदस्य राहुल गुप्तालाई सामाचार लेखेको भन्दै परवानीपुर गाउपालिका वार्ड नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारको छोरा जयप्रकाश भन्ने रुपेश गुप्ताले समाजिक संजाल तथा फोन मार्फत नानाथरिका गालि गलौज गर्दै मार्ने धम्कि समेत दिएको प्रती घोर आपत्ति जनाउदै फोटो पत्रकार महासंघ पर्साले शाखाले ध्यानाकर्षण समेत गराएको छ ।

प्रहार डेलि डटकमका संचालक पत्रकार राहुल गुप्ता ले २०८० साल भदौ २४ गते बाराको परवानिपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारले स्थानियमाथि हातपात तथा दुर्व्यवहार गरेको समाचार सत्य तथ्य न्युज लेखेका थिए।

यहि २०८० साल भदौ २४ गते बाराको परवानिपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवार ले स्थानियमाथि हातपात तथा दुर्व्यवहार गरेको समाचारको निहुमा परवानीपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारको छोरा जय प्रकाश भन्ने रुपेश गुप्ताले मेरो बुवाको न्युज किन लेखेको हो भन्दै मेरो फेसबुकको मैसेन्जरमा नानाथरिका गालि गलौज र मोबाइल नं ९८५५०३२९३९ बाट फोन गरि नानाथरिका गालि गलौज गर्दै धाक धम्की दिएको प्रती घटना मा संङलन दोषी तत्काल पक्राउ गरि कार्वाही अगाडि बढाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायहरु लाई प्रेश बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराइएको फोटो पत्रकार महासंघ पर्सा का अध्यक्ष श्रवण प्रसाद साह ले बताए ।

त्यस्तै फोटो पत्रकार महासंघ पर्सा ले आगामी दिनमा पत्रकारलाई स्वतन्त्रतापूर्वक भयरहित र सुरक्षित रूपमा कलम चलाउने वातावरणमाथि कुनै पनि अंच आउने गतिविधिहरु नगर्न र प्रेस स्वन्त्रताको पूर्ण सम्मान गर्न सम्बन्धित सबैमा हादिक अपिल समेत गरेको छ। साथै घटनामा संलग्नहरुमाथि आवश्यक कारवाही र पत्रकार गुप्ताको सुरक्षा प्रति संवेदनशील बन्न स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई आग्रेह गरेको छ।