कान्तिबजारकाे राष्ट्रिय मा.वि.मा १९ वर्षपछि स्थायी मा.वि.का शिक्षक प्र.अ. मा नियुक्त – Jaleshwortoday

कान्तिबजारकाे राष्ट्रिय मा.वि.मा १९ वर्षपछि स्थायी मा.वि.का शिक्षक प्र.अ. मा नियुक्त

 September 15, 2023  
zz

गणेश कुुमार सिंह
महोत्तरी, २९ भदौं

महाेत्तरीकाे गाैशाला नगरपालिका १२ कान्तिबजारमा मा.वि.मा १९ वर्षपछि स्थायी मा.वि.का शिक्षक प्र.अ. मा नियुक्त भएको छ । कान्तिबजारमा राष्ट्रिय प्राथमिक विधालयबाट स्तर उन्नति भए माध्यमिक विधालय भएको १९ वर्षपछि स्थायी मा.वि. का शिक्षक राम स्नेही यादव प्रधानध्यापकमा नियुक्ति भएको हाे ।

शुक्रबार विधालयले आयोजना गरेको ५९ औं राष्ट्रिय बाल दिवस तथा नवनिर्मित २ काेठे भवन उद्वाटन कार्यक्रममा नियमित प्र.अ. महाबिर सिंहले प्र.अ. का आफ्नो पदभार राम स्नेही यादवलाई जिम्मेवारी दिएका छन् । साथै नवनियुक्त प्र.अ. यादवलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख : डा. दिपेन्द्र महताेले सपत्त ग्रहण गराएका हुन ।

२०६१ सालमा मा.वि. भएका विधालयमा प्रा.वि. का स्थायी तथा नि.मा.वि. र मा.वि. अस्थायी शिक्षकहरुले प्रधानध्यापकका जिम्मेवारी पाए अहिलेसम्म कार्यहरू गर्दै आईरहेका वडा अध्यक्ष कुशेश्वर सिंहले जनाए ।

२०३६ सालमा गाउँलेहरुकाे सहयोगमा विधालयकाे स्थापना गरिएको थियोे । यस क्षेत्रका उखु कृषकहरूसँग चन्दा बापत उखुबाट प्रति क्विन्टल ५० पैसाको दरले चन्दा संकलन गरि विधालयलाई विस्तारै कक्षाकोठा थप्दै अपग्रेड गरेका थिए । भन्ने २०६१ सालमा कक्षा १० सम्म संचालनमा आएको थियोे ।