जनकपुरको १० जना असहायको उद्धार – Jaleshwortoday

जनकपुरको १० जना असहायको उद्धार

 October 21, 2023  
uuuu

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३ कार्तिक

जनकपुरधाम लगायत धनुषाको सडकबाट १० जना सडक मानवको उद्धार गरिएको छ ।

बिरामी, मानसिक रोगी, अशक्त, बोल्न नसक्ने तथा फरक क्षमता भएर घरपरिवारबाट विस्थापित भइ सडकमा अलपत्र परेर कष्टकर जीवन व्यथित गरिरहेका मानवहरुको उद्धार गरि जनकपुर मानव सेवा आश्रममा राखिएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाबाट ७ जना र मिथिला नगरपालिकाबाट ३ जनाको उद्धार गरिएको समाजसेव प्रकाश थारुले जानकारी दिए ।

धनुषामा सडक मानव उद्धारका लागि मानव सेवा आश्रमका संचालक रामजी अधिकारी, जनकपुरधामका मेयर मनोज साह, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डे, प्रहरी उपरीक्षक विश्वराज खड्का, समाजसेवी पवन सिंहानिया, सामाजिक अभियन्ता प्रकाश थारु लगायतको टोलिले उनीहरुको उद्धार गरेका हुन् ।