गाैशाला नगरपालिकामा( डिग्री बाजा) नबजाएकाे भन्दै दलितलाई कुटपिट – Jaleshwortoday

गाैशाला नगरपालिकामा( डिग्री बाजा) नबजाएकाे भन्दै दलितलाई कुटपिट

 October 21, 2023  
uytjg

गणेश कुमार सिंह
महोत्तरी, ४ कार्तिक

महाेत्तरीकाे गाैशाला नगरपालिकामा( डिग्री बाजा) नबजाएकाे भन्दै दलितलाई वडा सदस्य सहित ६ जनाकाे समुहले कुटपिट गरेको छ।

गाैशाला नगरपालिका वडा नम्बर ७ बस्ने रामेश्वर महरा चमारलाई कार्तिक १ गते बुधबार रातकाे १०:३०बज्जे घरमै सुतिरहेको अवस्थामा वडा नम्बर ७ काे वडा सदस्य जितेन्द्र ठाकुर,सहित प्रवेश राउत ,जाेगिन्द्र पासवान ,शिवु चाैधरी, अशोक चाैधरी लगाईत सुबाेध चाैधरीले रक्सीमा मातेका समुहले घरबाट वाहिर निकालेर कुटपिट गरेको पिडित महराले बताएकाे छ।

दशाैभरी गाउँमा घुमि-घुमि बजाईने (बाजा डिग्री ) किन नबाजाएकाे भन्दै महरालाई कुटपिट गरेको छ। कुटपिट पछि केही छनमै वडा अध्यक्ष मनाेज चाैधरी पनि रक्सि मै मातेकाे भिडियोमा देखिन्छ । वडा अध्यक्ष चाैधरी पनि भनिरहेकाे छ। बाजा त बजाउनै पर्छ। भने अडियोमा प्रसट सुनिन्छ ।

महराका अनुसार वडा अध्यक्षले नै  नियाेजित ढंगले रक्सीमा मातेकाहरुले रातिकाे समय सुतिरहेको बेला बाहिर बाेलाएर कुटपिट गरेकाे हाे।