रोशन सिंहलाई गृहनगर जलेश्वरमा सम्मान – Jaleshwortoday

रोशन सिंहलाई गृहनगर जलेश्वरमा सम्मान

 October 29, 2023  
ggg

राकेश प्रसाद चौधरी
महोत्तरी, १२ कार्तिक
क्रिकेट एशोसिएसन नेपालका उपाध्यक्ष रोशन सिंहलाई गृहनगर जलेश्वरमा सम्मान गरिएको छ। जलेश्वरका नागरिक समाज,व्यवसायी,पत्रकार,खेलाडी, राजनीतिकर्मी सहितका ब्यक्तिले सिंहलाई सम्मान गरेको हो। नेपाल पत्रकार महासंघको सभाकक्षमा आयोजित कार्यकममा जलेश्वर-२ का वडाअध्यक्ष वरूण दहाल, जितु सिंह, संजित पाठक सहित संचारकर्मी विष्णु गुप्ता, राकेश प्रसाद चौधरी सहितले शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रम व्यवसायी संतोष साहको अध्यक्षतामा सम्पन्न भएको थियो।