बैदेशिक रोजगारमा ज्यान गुमाएका परिवारलाई नगरपालिकाद्वारा राहत उपलब्ध – Jaleshwortoday

बैदेशिक रोजगारमा ज्यान गुमाएका परिवारलाई नगरपालिकाद्वारा राहत उपलब्ध

 November 11, 2023  
ww

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २५ कार्तिक

 महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ९ सिमरदही का ४० वर्षीय रघुनाथ मण्डलको वैदेशिक रोजगारको शिलशिलामा मिति २०८०/०७/१० गते कुवेतमा मृत्यु भएपछि मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले निजको परिवारलाई आज राहत स्वरुप रु ५० हजार प्रदान गरेको छ ।

आर्थिक बर्ष २०८०/०८१ को नगर सभाको निर्णय अनुसार बैदेशिक रोजगारको क्रममा विदेशमा मटिहानी नगरपालिकाको कुनै पनि नागरिकको मृत्यु भएमा रू ५० हजार सम्म दिने निर्णय गरेकोले सोही अनुसार कुवेतमा मृत्यु भएको रघुनाथ मण्डलको श्रीमती रंजु देवीलाई सो राहत मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले उपलब्ध गराएको छ ।

राहत उपलब्ध गराउने कार्यक्रममा मटिहानी नगरपालिकाका  नं. ९  का वड़ा अध्यक्ष मदन चौधरी समाजसेवी मोसाफिर सहनी, जोगिन्द्र साह सकलदेव पासमान ,राम असरे मंडल,किशन मंडल लगायतका स्थानीयहरुको उपस्थित रहेको थियो निज मृतक रघुनाथ मंडल कुबेतमा १० महिना अगाडि गएका थिए ।

मृतकको परिवारमा श्रीमती, १ छोरा र २ छोरी गरी जम्मा ४ जना रहेका छन ।