ज्ञान गंगा स्कुलका ४ विद्यार्थीहरु हस्तकला प्रतियोगितामा अब्बल – Jaleshwortoday

ज्ञान गंगा स्कुलका ४ विद्यार्थीहरु हस्तकला प्रतियोगितामा अब्बल

 December 8, 2023  
44

जलेश्वरटुडे समाचारदाता
धनुषा, २२ मंसिर

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलका हस्तकला प्रतियोगितामा सहभागि विद्यार्थीहरु मध्ये ४ जना विद्यार्थीहरु अब्बल सावित भएका छन् । हस्तकला अन्तर्गत कपडाको सामानहरु बनाएर प्रस्तुत गर्नु पर्ने थियो । सहभागि विद्यार्थीहरुले आफ्नो कला तथा कौशलले विभिन्न प्रकारका कपडाले बनेका सामानहरु प्रस्तुत गरेका थिए । ती सामानहरुमा स्कुल ब्याग,झोला,टोपी, सिरानी,गुडीयाँ,ह्याण्ड ब्याग,चप्पल,फुल,झालर,े बच्चाको न्यानो टोपी आदि प्रस्तुत गरिएका थिए । निर्णायक मण्डल सरोज कुमार झा,विवेकानन्द झा,जय झा र संगीता श्रेष्ठका सँयुक्त निर्णयले गुडियाँ बनाउने ऋषि मण्डललाई प्रथम, सिरानी बनाउने आदित्य राज कुमार साहलाई द्वितीय,ह्याण्ड ब्याग बनाउने सुमन साहलाई तृतीय र चप्पल बनाउने संगीनी रामलाई चतुर्थ गरिएको थियो । ती विद्यार्थीहरुलाई टीका लगाई गुण प्रशंसा प्रमाणपत्र प्रदान गरिएको थियो ।

1.1

1