गणेश कुमार सिंह
जलेश्वर, २३ मंसिर
राष्ट्रिय महिला क्रिकेट खेलाडीहरुलाई जलेश्वर नगरपालिकाद्वारा सम्मान गरिएको छ । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताका लागि महोत्तरीबाट पूजा महतोलाई कप्तानका लागि छनौट गरे पछि सम्पुर्ण टिमलाई नै बधाईका ओईरो लागेका छन् । त्यसैको शुभ अवसरमा जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारले युवा क्रिकेट खेलाडिलाई जागरुप गर्ने उदेश्यले राष्ट्रिय महिला क्रिकेट खेलाडि सम्पुर्ण टिमलाई गमछा ओढाई सम्मान गरेका छन् । साथै बधाई तथा आगामि दिनमा सफलताको उचाई चुमोस भन्दै शुभकामना समेत दिनु भयो । जलेश्वर नगरपालिकाले पनि युवा खेलाडिहरुलाई प्रोत्साहन गर्ने लक्ष्य लिएकोले अगामि आर्थिक वर्ष देखि खेलकुद र खेलाडिहरुका लागि छुट्टै बजेट बिनियोजन गरेर अगाडि बढने मेयर साहले बताए । यस्तै, जलेश्वर नगरपालिका उद्योग वाणिज्य संघका महासचिवले महिला क्रिकेट सम्पुर्ण टिमलाई यहाँका महिलाको नेतृत्व गर्दै उदाहरणीय कार्य गरेको भन्दै उनको प्रसंशा गरेका हुन् । यस्तै , महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा क्रिकेट खेल्ने खेलमैदान र क्रिकेट एकेडेमी संचालन गर्न सहयोग गरिदिनु हुन जिल्ला क्रिकेट संघका अध्यक्ष र क्रिकेटर पूजा महतोले आग्रह समेत गरेका छिन् । उनले छोटो समयमै नेपाली महिला क्रिकेट टिममा अलराउन्डरको रुपमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । महोत्तरीको गौशाला नगरपालिका वडा नं. ९ डुवरबन्ना घर भएकी क्रिकेटर पूजा महतो राष्ट्रिय टिममा यसैबर्ष डेब्यू गरेकी हुन् ।
पूजाको कप्तानीमा महोत्तरी टिम गठन
प्रधानमन्त्री कप महिला टी २० का लागि महोत्तरीमा पूजा महतोको नेतृत्वमा टोली घोषणा गरिएको छ । अगामी पुस १ गतेदेखि हुने खेलका लागि महोत्तरीबाट उनको नेतृत्वमा टोली घोषणा गरिएको हो । घोषणा गरिएको टोलीमा पूजा महतो कप्तान रहेको छन् । त्यस्तै टोलीमा रोजी कदारी (उपकप्तान), सीमा कुँवर, आरती महतो, गोमा आले, मौसम झा, एञ्जिला भुजेल, सिन्धुकुमारी भुजेल, रोमिका लामा, नेहा मुखिया, ज्यास्मिन कार्की, अर्चना यादव, पुष्पा फुयाल, रानी सरार्फ र सानिया खातुन रहेका छन् ।
