महोत्तरीकी सन्ध्या शर्मा बनिन् मिस नेपाल इन्टरनेसनल – Jaleshwortoday

महोत्तरीकी सन्ध्या शर्मा बनिन् मिस नेपाल इन्टरनेसनल

 December 6, 2020  
Mahottari

जलेश्वरटुडे समाचारदाता
महोेत्तरी, २० मंसिर

नम्रता श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०२०’ बन्न सफल भएकी छन्।प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी मिस नेपाल बन्न सफल भएकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् । यसैगरी मिस नेपाल सुप्रानेसनल २०२० को ताज सिमल कनौजियले पाएकी छन भने सन्ध्या शर्माले मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिहेकी छन् । मिस नेपाल इन्टरनेसनल बनेकी शर्मा महोत्तरीकी हुन् । नेकपा नेता राम कुमार शर्माकी उनी छोरी हुन् । त्यस्तै,मिस नेपाल अर्थ २०२० को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्।