सिन्धुलीमा बम विस्फाेट – Jaleshwortoday

सिन्धुलीमा बम विस्फाेट

 April 11, 2024  
1

गणेश कुमार सिंह
सिन्धुली, २९ चैत्र

सिन्धुलीमा बम विस्फाेट भएकाे छ। कमलामाई नगरपालिकास्थित एनसेलको टावरमा बम विस्फोट भएकाे हाे।प्रहरीका अनुसार गएराति साढे १ बजे प्रेसर कुकर बम विस्फाेट गराइएकाे हाे।

विस्फाेटले सामान्य क्षति पुगेकाे जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका डिएसपी अनिल खड्काले जानकारी दिए।

उनका अनुसार घटनास्थलमा जनमुक्ति सेनाकाे पर्चा पनि भेटिएकाे छ।

‘प्रेसर कुकर बम हाे। त्यहाँ नजिकै जनमुक्ति सेनाकाे पर्चा भेटिएकाे छ। खासै ठूलाे क्षति त छैन, ‘डिएसपी खड्काले भने।

बम विस्फाेटपश्चात् स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेकाे थियाे। बम विस्फाेट गराउने व्यक्तिकाे पहिचान अहिलेसम्म हुन सकेकेा छैन।घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे डिएसपी खड्काले जानकारी दिए।