रौतहट जिल्ला ईन्चार्जमा पार्टीको केन्द्रिय सदस्य एवं पूर्व सांसद माननीय सुरेन्द्र कुमार जयसवाल (अशोक) नियुक्त – Jaleshwortoday

रौतहट जिल्ला ईन्चार्जमा पार्टीको केन्द्रिय सदस्य एवं पूर्व सांसद माननीय सुरेन्द्र कुमार जयसवाल (अशोक) नियुक्त

 April 13, 2024  
surendra -jayswal-02

प्रवीण शर्मा
रौतहट, ३० चैत

नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) को रौतहट जिल्ला ईन्चार्जमा पार्टीको केन्द्रिय सदस्य एवं पूर्व सांसद माननीय सुरेन्द्र कुमार जयसवाल (अशोक) नियुक्त हुनु भएको छ ।  पार्टि अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड तथा महासचिव देव प्रसाद गुरुङ द्वारा जारि परिपत्रले मधेश प्रदेशका आठ वटै जिल्लाका इन्चार्ज तथा संघिय निर्वाचन क्षेत्रका इन्चार्ज नियुक्त गरिएको हो ।
प्रदेश कार्यालयको लागि प्रदेश इन्चार्ज सह इन्चार्ज र कार्यालय सदस्य यस अघि नै गठन गरिएको पत्रमा भनिएको छ ।
पार्टीको रौतहट जिल्ला इन्चार्जमा अशोक जयसवालले चिनिने सुरेन्द्र कुमार जयसवाल नियुक्त हुनु भएको छ ।
वहाँ जिल्ला इन्चार्जको जिम्मेबारी दोस्रो पटक पाउनु भएको हो यस अघि वहाले जिल्ला इन्चार्जको जिम्मेबारी सफलतापूर्वक सम्पन्न गरि अक्नु भएको छ ।
पार्टीलाई साङ्गठनिक रुपमा मजबूत पार्न , स्थानिय तहमा नेकपा माओबादि केन्द्रको उम्मेदवारलाई वडा स्तर देखि संघिय निर्वाचन क्षेत्र सम्ममा बिजयी बनाउन अहिले देखि नै गृहकार्य गर्ने र त्यसलाई परिणाममुखी बनाउने उद्देश्यले नया जिल्ला इन्चार्ज तथा संघिय निर्वाचन क्षेत्र इन्चार्ज तोकिएको जनाइएको छ ।
पार्टिको कामलाई ब्यबस्थित ढंगले अघि बढाउन , जनता संग माओबादि बिशेष रुपान्तरण अभियान अन्तर्गतका बाकि कार्यक्रमहरु अबिलम्ब पुरा गर्ने जिम्मेबारी नया तोकिएका जिल्ला इन्चार्जको काधमा आइपुगेको छ ।
नेकपा माओबादिका युवा नेता तथा दुर्गाभागावती गाउँपालिका वडा नम्बर ०३ का वडा अध्यक्ष डिके झाका अनुसार पार्टिको यो निर्णय स्वागत योग्य रहेको तथा पार्टिले समयमै सहि निर्णय गरेको , यसले पार्टी बलियो हुने तथा २०८४ माओबादिमय हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।
रौतहट संघिय निर्वाचन क्षेत्र नम्बर ०१ को इन्चार्जमा सत्य नारायण भगत बिन ,रौतहट संघिय निर्वाचन क्षेत्र नम्बर ०२ को इन्चार्जमा सुरेन्द्र कुमार जयसवाल अशोक ,रौतहट संघिय निर्वाचन क्षेत्र नम्बर ०३ को इन्चार्जमा ओहिद अन्सारी तथा रौतहट संघिय निर्वाचन क्षेत्र नम्बर ०४ को इन्चार्जमा एकराज थापा नियुक्त हुनु भएको हो ।