नेपाल सद्भावना पार्टीद्वारा नागरिक उन्मुक्ति पार्टीसँग गरिएको एकीकरण भङ्ग, नेसपा महाधिवेशनको तयारीमा – Jaleshwortoday

नेपाल सद्भावना पार्टीद्वारा नागरिक उन्मुक्ति पार्टीसँग गरिएको एकीकरण भङ्ग, नेसपा महाधिवेशनको तयारीमा

 April 16, 2024  
7

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३ बैशाख

नेपाल सद्भावना पार्टीले नागरिक उन्मुक्ति पार्टीसँग केहि महिना पहिला भएको एकिकरण भङ्ग गरेको छ । सोमबार सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले प्रेस विज्ञप्ति जारी गर्दै नाउपासँग पार्टी एकीकरण गर्ने सहमति भङ्ग गरेको बताउनु भएको छ । नेपाल सद्भावना पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा बसेको कार्यकारणी समितिको बैठकले सो निर्णय गरेको जनाइएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी बिचको विवादका कारण पार्टी देश र जनताको हितमा काम गर्न नसकेको र दुवै जना व्यक्तिगत स्वार्थ पूरा गर्ने तर्फ अग्रसर भएकाले सद्भावना पार्टी सो पार्टीसँग अगल हुने निर्णय गरेको छ ।
२०८० साउन १४ गते रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र महतो अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी बिच एकीकरण भएको थियो । पार्टी एकीकरण पश्चात् नेसपाका अध्यक्ष महतोलाई नाउपाका केन्द्रीय उपाध्यक्ष पदमा मनोनीत गरेको थियो ।
यसैगरी अध्यक्ष महतोले नेसपाको ७ औ महाधिवेशन २०८१ साल ज्येष्ठ १९ र २० गते जनकपुरधाममै गर्ने बताउनुभयो । साथै अध्यक्ष महतोले सक्रिय सदस्यतादेखि वडा,नगर,जिल्ला तथा प्रदेश स्तरीय संगठन विस्तार तथा प्रतिनिधि चयनको काम बैशाख मसान्त भित्र गरिसक्नुपर्ने बताउनुभयो ।

57d6cf81-1d57-4f01-969d-a50e065680ab