राजेन्द्र महतोको पार्टीको नाम : “राष्ट्रिय मुक्ति पार्टी नेपाल” कायम – Jaleshwortoday

राजेन्द्र महतोको पार्टीको नाम : “राष्ट्रिय मुक्ति पार्टी नेपाल” कायम

 October 25, 2024  
1

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ९ कार्तिक

राजेन्द्र महतो नेतृत्वको पार्टीको नाम फेरिएको छ । निर्वाचन आयोगले क्रान्ति शब्द राखेर दल दर्ता गर्न अस्वीकार गरेपछि महतोले नयाँ नाम प्रस्ताव गरेका हुन् ।

नयाँ नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल र चुनाव चिन्ह माछा प्रस्ताव गरिएको नेता केशव झाले जानकारी दिए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाएका महतोले १ असोजमा त्यही नाममा दल दर्ता गर्ने निर्णय गरेका थिए । त्यसअनुसार आयोगमा निवेदन समेत दिएका थिए ।

तर आयोगले क्रान्ति शब्द राख्न अस्वीकार गरेपछि राष्ट्रिय मुक्ति पार्टी नेपाल नाम राखिएको उनले बताए ।