जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १० कार्तिक
जनकपुरधाममा अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलका विद्यार्थीहरुले शुक्रबार फ्राईडे कन्टेस्ट अन्तर्गत हस्तकलाको प्रदर्शनी गरेका छन् ।
सो विद्यालयकी शिक्षिका रोशनी यादवको निर्देशनमा गरिएको प्रदर्शनीमा विभिन्न कक्षाका २ दर्जन भन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाएका थिए । सो विद्यार्थीहरु मध्ये कतिले हातले बनाइएका मोटो कागजको रंगीचंगी घरहरु बनाएका थिए भने कतिले पत्थरको त कतिले माटोको सामाग्रीहरु बनाएर प्रदर्शन गरेका थिए । सो मध्ये कक्षा ५ मा अध्ययनरत छात्र अंश ठाकुर प्रथम,कक्षामा १ मा अध्ययनरत छात्र लक्की ठाकुर द्वितिय तथा कक्षा ३ मा अध्ययनरत छात्र पुष्कर ठाकुर तृतिय भएका थिए । सो विद्यार्थीहरुलाई आकर्षक पुरस्कार प्रदान गरी प्रोत्साहित गरिएका थिए भने सो मुल्याँकन कार्यमा वरिष्ठ शिक्षक सरोज झा,विवेकानन्द झा तथा शिक्षक जय मिश्रले सघाएका थिए । प्रधानाध्यापक प्रा.पवन कुमार साहले विद्यार्थीहरुका कलाको प्रशंसा गर्नुभएका थिए ।

