ज्ञान गंगाले विद्यार्थीहरुलाई निर्वाचन सम्बन्धी सचेतना दिदै मनाए होलि – Jaleshwortoday

ज्ञान गंगाले विद्यार्थीहरुलाई निर्वाचन सम्बन्धी सचेतना दिदै मनाए होलि

 February 27, 2026  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १५ फागुन

May be an image of one or more people, people smiling and text

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले शुक्रबार आफ्ना विद्यार्थीहरुलाई निर्वाचन सम्बन्धी सचेतना दिदै एक कार्यक्रम वीच हिन्दुहरुको महान आस्था तथा हर्षाेल्लासको महानपर्व होलि मनाएको छ ।

May be an image of one or more people and people studying
जनकपुरधामको मुरली चौकको नयाँ भवनमा अवस्थित यस विद्यालयले आफ्ना विद्यार्थीहरुलाई मिथिला माध्यमिकी परिक्रमा,होलि,प्रतिनिधि सभा चुनाव तथा महिला दिवसको बारेमा सचेतना दिएका थिए भने होलि पर्व शान्तिपूर्ण तरिकाले मनाउन तथा प्रतिनिधि सभा चुनावमा विद्यार्थीहरुलाई अनावश्यक रुपमा सहभागी नहुन सुझाव दिएका थिए ।

May be an image of one or more people, people studying and text

यस विद्यालयको संस्थापक तथा प्रधानाध्यापक प्रा.पवन कुमार साह,संयोजक खुश्बु झा,वरिष्ठ शिक्षक सरोज झा,विवेकानन्द झा,समाजसेवी चन्द्रशेखर प्रसाद जेसबाल तथा उपस्थित गुरुवर्गले विद्यार्थीहरुलाई अबिर लगाई दिर्घायु तथा सुख—शान्तिको लागि आशिर्वाद दिएका थिए । विद्यार्थीहरुले पनि आफ्ना गुरुवर्ग तथा उपस्थित अतिथिहरुलाई दुबै हात जोडी अभिबादन गरेका थिए ।

May be an image of one or more people and text