दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, २६ श्रावण
नेपाली विद्युतीय सवारी बजारमा टाटाले पन्च डट ईभी मोडेल आकर्षक नाइमा अफरसहित देशभरी एकसाथ सार्वजनिक गरेको छ। जनकपुरधामको मुजेलियास्थित टाटा सोरुमबाट पनि पन्च डट ईभीका विभिन्न भेरियन्ट उपलब्ध हुने जनाइएको छ।
पन्च डट ईभीको मूल्य ३२ लाख ९९ हजारदेखि ३७ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ। खरिदकर्ताले नेपालभर रहेका टाटा चार्जिङ स्टेसनमा ८ वर्षसम्म निःशुल्क चार्जिङ सुविधा पाउने कम्पनीले जनाएको छ।
मुजेलियास्थित टाटा सोरुमका म्यानेजिङ डाइरेक्टर गुड्डु जैनले आकर्षक मूल्य, निःशुल्क चार्जिङ र लामो वारन्टीका कारण पन्च डट ईभी ग्राहकका लागि उपयोगी हुने बताउनुभयो। उहाँका अनुसार ८ वर्षको निःशुल्क चार्जिङ र ११ वर्षसम्मको वारन्टीले ग्राहकलाई दीर्घकालीन सहजता प्रदान गर्नेछ।
टाटा सोरुमका रिजनल म्यानेजर ईश्वरकुमार सुवेदीले पन्च डट ईभीमा आधुनिक प्रविधि तथा सुरक्षालाई प्राथमिकता दिइएको बताउनुभयो। उहाँका अनुसार ३६० डिग्री क्यामेरा, ६ वटा एयरब्याग, भेन्टिलेटेड सिट र अटोमेटिक क्लाइमेट कन्ट्रोलजस्ता सुविधा यसमा रहेका छन्।
नेपालको सडक अवस्थालाई ध्यानमा राखेर उच्च ग्राउन्ड क्लियरेन्स दिइएको कम्पनीले जनाएको छ। पन्च डट ईभी पाँच विभिन्न रङमा उपलब्ध रहेको जनाइएको छ।
ब्याट्री र मोटरमा ८ वर्षको मानक वारन्टी रहेको पन्च डट ईभीमा नाइमा अफरअन्तर्गत थप ३ वर्षको वारन्टी निःशुल्क दिइनेछ। यससँगै कुल वारन्टी अवधि ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्म पुग्ने कम्पनीले जनाएको छ।
पन्च डट ईभी सार्वजनिक कार्यक्रममा टाटा सोरुम मुजेलियाका म्यानेजिङ डाइरेक्टर गुड्डु जैन, रिजनल म्यानेजर ईश्वरकुमार सुवेदीलगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।
