" >
डा.अम्बेडकर सेवाश्री नेशनल अवार्डद्वारा पिपरा गा.पा. अध्यक्ष यादव सम्मानित - Jaleshwortoday

डा.अम्बेडकर सेवाश्री नेशनल अवार्डद्वारा पिपरा गा.पा. अध्यक्ष यादव सम्मानित

 २४ मंसिर २०८१, सोमबार २२:०१  
1

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २४ मंसिर

डा.अम्बेडकर सेवाश्री नेशनल अवार्डद्वारा पिपरा गा.पा. अध्यक्ष जानकीराम यादव सम्मानित भएका छन् । भारतीय दलित साहित्य अकादमीको ४० औ राष्ट्रिय दलित साहित्यकार सम्मेलन आउटर रिंग रोड दिल्लीमा सम्पन्न भएको छ । उक्त समारोहमा डा. अम्बेडकर राष्ट्रीय पुरस्कार एंव अन्तराष्ट्रीय पुरस्काहरु वितरण, डा. अम्बेडकर फैलोशिप वितरण, संस्कृतीक कार्यक्रम, कवि सम्मेलन, दलित धर्म संसद सम्मेलन लगायतका कार्यक्रमहरु गरि २ दिने समारोह सम्पन्न भएको छ ।
उक्त सम्मेलनमा समाज प्रतिको सेवाको आधारमा विभिन्न विद्यामा कम गर्ने व्यत्तिहरुलाई सम्मान गरिएको छ । नेपालबाट महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष राम जानकी यादवलाई डा.अम्बेडकर सेवाश्री नेशनल अवार्ड द्वारा सम्मानित गरिएको छ ।
सम्मान ग्रहन पश्चात अफुले गर्दै आएको सेवालाई अझै राम्रो ढंगबाट निरन्तरता दिने गाउँपालिका अध्यक्षले प्रतिवद्धता गर्नुभयो ।