महाशिवरात्रिको अवसरमा शिवालयहरुलाई सजाइयो – Jaleshwortoday

महाशिवरात्रिको अवसरमा शिवालयहरुलाई सजाइयो

 March 11, 2021  

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २६ फाल्गुण

May be an image of standing, outdoors and temple

महोत्तरीको जलेश्वरनाथ मन्दिर,जनकपुरधामको कुपेश्वरनाथ लगायत देश भरीकै शिवालयहरुलाई महाशिवरात्रिको अवसरमा बेहुली झै सजाइएको छ ।

No description available.

May be an image of outdoors
यस अवसरमा जलेश्वर,जनकपुरधाम लगायत अन्य शिवालयहरु रहेको पालिकाहरुमा कलश शोभा यात्रा समेत निकालिएको थियो ।

No description available.

May be an image of outdoors

यस शोभा यात्रामा विभिन्न संघ संस्थाहरु तथा राजनैतिककर्मीहरुको समेत सहभागिता रहेको थियो । महाशिवरात्रिको दिन मात्र दर्शन तथा स्पर्ष गर्न पाइने महोत्तरीको जलेश्वरनाथ महादेवको महाशिवलिंग आफ्नै महत्व तथा महिमा रहेको जलेश्वर उद्योग वाणिज्य संघका महासचिव शिवचन्द्र चौधरीले बताउनुभयो ।

May be an image of standing and temple

स्थानिय जलेश्वरनाथ मन्दिरको कमिटि सदस्यहरु,नगरका युवाहरु तथा प्रहरी प्रशासनको सहयोगमा जलेश्वरनाथको जलाशयलाई न्यून पारी श्रद्धालु भक्तजनहरुलाई वर्षमा एक चोटि दर्शन गराईन्छ । विश्वको अनेकौं ज्योतिर शिवलिंग मध्ये जलेश्वरनाथको महाशिवलिंगलाई विश्वमै ठूलो महत्वको शिवलिंग मानिन्छ भन्ने कुराको शोध रहेको छ स्थानिय पत्रकार राकेश प्रसाद चौधरीको ।

May be an image of standing and outdoors

यसै गरी जनकपुरधामको शिव चौक स्थितको शिवालय,कपिलेश्वरको कपिलेश्वरनाथ शिवालय,कुवा रामपुरको कुपेश्वरनाथ शिवालय लगायत काठमाडौंको पशुपतिनाथ मन्दिरलाई सजाइएको छ । यस महाशिवरात्रिको दिन महादेवलाई जल,बेलपत्र,धतुर,भांग,अकनको फुल लगायतका सामाग्री चढाई उपबास बस्ने गरिन्छ । यसरी पुजाआजा गर्नाले भगवान शिवको असिम कृपा तथा आशिर्वाद प्राप्त हुने र अविवाहितले योग्य बर वा बधु प्राप्त गर्ने मान्यता रहिआएको छ ।