जलेश्वरटुडे समाचारदाता
धनुषा, १६ फागुन
ग्यालेक्सी हायर सेकेण्ड्री बोर्डींग स्कुलको ३४ औ वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि तथा शिक्षा तथा सँस्कृति मन्त्री माननीय रानी कुमारी तिवारीले विद्यालयलाई बधाई दिदै विद्यालय परिवारको उच्च प्रशंसा गर्नु भएको छ । मन्त्री तिवारीले सरकारी विद्यालय नीजि विद्यालय भन्दा महँगो रहेको छ । किनभने सरकारी विद्यालय जनताको राजस्वबाट नै संचालन भएको छ । सरकारी शिक्षकको सेवा सुविधा निजि भन्दा पनि राम्रो छदाछदै सरकारी विद्यालयको अवस्था कमजोर हुनमा राज्य तथा नागरिक समाज जिम्मेबार रहेको बताउनुभयो ।

यसको लागि स्थानीय सरकार,प्रदेश सरकार तथा संघीय सरकार समेत यसको दोषि रहेको छ र यसलाई हामीले समयमै स्वीकार गर्नै पर्दछ । मन्त्री तिवारीले शुभकामना मन्तब्य दिदै शिक्षाको विकास बिना कुनै पनि क्षेत्रको विकास असम्भव रहेकोले यस क्षेत्रमा सबैको ध्यान जानु अति आवश्यक रहेको बताउनुभयो । यस क्षेत्रमा अहिले पनि ३ देखि ४ प्रतिशत मात्र लगानी भएको पाइन्छ अन्य क्षेत्र भन्दा । जबसम्म यस क्षेत्रमा विकासको बजेटको दायरा बढाइदैन तबसम्म यस क्षेत्रको विकास असम्भव देखिन्छ । अहिले पनि गरिब तथा निमुखाका बच्चा मात्र सरकारीमा जाने गर्दछन् भने धनी तथा नेताका बच्चाहरु नीजि विद्यालयमा पढन जाने गरेको छ ।

यस अवस्थामा जनता जागरुक हुनै पर्दछ । अहिले पनि संघीय सरकारले २०२८ सालको शिक्षा ऐनलाई टेकेर अघि बढेको कारण सामुदायिक शिक्षकहरुको दरबन्दी मिलान हुन सकेको छैन । समानुपातिक रुपमा शिक्षक मिलान विद्यालयहरुमा हुन सकेको छैन । यसको सम्पूर्ण दोष संघीय सरकारको रहेको बताउनुभयो । मन्त्री तिवारीले नीजि तथा सामुदायिक विद्यालयहरुको अनुगमन अनिवार्य हुन्छ बताउनुभयो । तर अहिले नीजि विद्यालयहरुको नयाँ दर्ता तथा अपग्रेड नभएको बुझिएकोले सो सम्बन्धीत विद्यालयले समयमै गर्न गराउन समेत आग्रह गर्नु भयो ।

साथै सम्बन्धीत पालिकाहरुले समेत सो कार्यमा सम्बन्धीत विद्यालयलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो । त्यसैगरी शुभकामना मन्तब्य मधेस प्याब्सनको केन्द्रीय सल्लाहकार भोला मिश्र,केन्द्रीय सचिव पवन कुमार साह,जिल्ला अध्यक्ष सुजित मिश्र तथा साह युनिफार्मको संचालक विजय साहले दिनु भएको थियो । कार्यक्रम सो विद्यालयको प्राचार्य अमरेन्द्र कुमार झाको अध्यक्षतामा संचालन भएको थियो भने विशिष्ट अतिथिको रुपमा मधेस प्याब्सनको सल्लाहकार भोला मिश्र,केन्द्रीय सचिव पवन कुमार साह, के.कोषाध्यक्ष अविनाश प्रताप सिंह, प्रदेश संयोजक मुरारी लाल कर्ण, जिल्ला अध्यक्ष सुजित मिश्र, अभिभावक, गुरुवर्ग, विद्यार्थीहरु, पत्रकार, नागरिक समाज, सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रमको प्रमुख अतिथि मन्त्री तिवारीलाई सो विद्यालयका विद्यार्थी तथा गुरुहरुले फुलको माला,गुलजस्ता तथा टीका लगाई स्वागत गरेका थिए भने उच्च सम्मान स्वरुप फुलको वर्षा समेत गरिएको थियो । त्यसैगरी विद्यालयको प्राचार्य अमरेन्द्र कुमार झाले समेत मन्त्री तिवारीलाई मनमोहक गुलजस्ताले सम्मान गर्नु भएको थियो । कार्यक्रमको संचालन कार्यक्रमको अध्यक्ष झा,मन्त्री तिवारी,विशिष्ट अतिथि तथा अतिथिहरुले सँयृुक्त रुपमा पानसमा राखिएको दीप प्रज्जवल गरी माता सरस्वतीको प्रतिमामा फुल,माला तथा अवीर चढाई पुजा अर्चना गरेका थिए । विद्यार्थीहरुले कर्णप्रिय राष्ट्रिय गान प्रस्तुत गरेका थिए भने सोही विद्यालयको लेखापाल निकी चौधरीले स्वागत मन्तब्य राख्नु भएको थियो ।विद्यार्थीहरुको आकर्षक तथा प्रेरणादायी नृत्य,नाटक,गायन,कविता बाचन,साना बालबालिकाको एकल तथा सामुहिक प्रस्तुतीले मन्त्री तिवारी साह्रै खुशी भएकी थिइन । कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई मन्त्री तिवारीले आफ्नै हातले टीका लगाई प्रशंसा पत्रले मनोबल बढाएका थिए भने कर्मयोगी तथा मिहिनेती त्यही विद्यालयका गुरुहरुलाई समेत टीका,माला,खादा तथा मायाको चिनोले सम्मान गर्नु भएको थियो । कार्यक्रममा उपस्थित अभिभावक तथा आगन्तुकहरुलाई समेत माला तथा टीका लगाई उच्च आदर गरिएको थियो । मन्त्री तिवारीलाई प्राचार्य झाले दोसल्ला ओढाई टीका,माला तथा मायाको चिनोले उच्च सम्मान गर्नु भएको थियो । कार्यक्रममा मधेस प्याब्सनका केन्द्रीय सचिव साहले शुभकामना मन्तब्य राख्दै जनकपुरधाममा रोकिएको नयाँ विद्यालय दर्ता तथा अपग्रेडको समस्यालाई समाधान गर्न गराउन पहल गरिदिन मन्त्री तिवारीलाई ध्यानाकर्षण गराउनु भएको थियो भने मधेस प्याब्सनको जिल्ला अध्यक्ष सुजित मिश्रले समेत शुभकामना मन्तब्य राख्दै विद्यालयको अनुगमन हुनु पर्ने,रोकीएको नयाँ विद्यालय दर्ता तथा अपग्रेडको समस्यालाई यथासिघ्र कार्यान्वयन गर्न गराउन मन्त्री तिवारीलाई ध्यानाकर्षण गराउनु भएको थियो । कार्यक्रमको अध्यक्ष झाले प्रमुख अतिथि,विशिष्ट अतिथि,अतिथि,शिक्षकशिक्षिका,कर्मचारी,अभिभावक,विद्यार्थी तथा आगन्तुकहरु प्रति उच्च कृतज्ञता व्यक्त गर्दै कार्यक्रम भव्य,सभ्य तथा सफल बनाउन सहयोग गरेकामा सबै प्रति आभार समेत व्यक्त गर्नु भयो ।


