गणेश कुमार सिंह
महोत्तरी, २० फागुन
गौशाला नगरपालिकाको बजार क्षेत्रमा नेपाल सरकारको नाममा दर्ता कायम रहेको किता नम्बर ११५ को जग्गा अतिक्रमण हुने खतरा बढ्दै गएपछि सामाजिक अभियन्ता नागेन्द्र सत्या र युवा नेता प्रमोद कुमार महतोले नगरवासीलाई सचेत रहन आग्रह गरेका छन्।
उनीहरूले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबैको दायित्व भएको बताउँदै, नगरवासी, सरोकारवाला निकाय तथा स्थानीय प्रशासनलाई अतिक्रमण रोक्न सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।
“यो जग्गा सरकारी स्वामित्वमा दर्ता रहेको छ, त्यसैले कुनै पनि अवैध रूपमा अतिक्रमण गर्न नदिन हामी सबैले एकजुट हुनुपर्छ,” अभियन्ता सत्याले भने।
युवा नेता महतोले पनि अतिक्रमण रोक्न सम्बन्धित निकायसँग समन्वय गर्न आवश्यक रहेको उल्लेख गर्दै नगरपालिकालाई छिटो कदम चाल्न अनुरोध गरे।
स्थानीय प्रशासनले पनि यस विषयमा चासो देखाउँदै अतिक्रमण हुन नदिन आवश्यक कानुनी प्रक्रिया अघि बढाई बनाउन रोकेका छन् ।
नगरवासीहरू पनि सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न जागरूक रहनुपर्ने भन्दै अभियन्ताहरूले सबैलाई सचेत रहन आह्वान समेत गरेका छन्।
