समाज परिवर्तनको संबाहक धर्मगुरुहरुले बन्नुपर्छ ः निरन नेपाल र वल्र्ड भिजन – Jaleshwortoday

समाज परिवर्तनको संबाहक धर्मगुरुहरुले बन्नुपर्छ ः निरन नेपाल र वल्र्ड भिजन

 August 11, 2021  

जलेश्वरटुडे समाचारदाता
धनुषा, २६ श्रावण
जनकपुरधामको सिताशरण होटलको बैंक्वेट हाँलमा मंगलबार निरन(राष्ट्रिय अन्तरधार्मिक संजाल) नेपाल र वल्र्ड भिजनको सहकार्यमा दोस्रो दिनको तालिममा समाजको परिवर्तनको संवाहक धर्म गुरुहरुले बन्नुपर्छ बताइएको छ । महोत्तरी,सर्लाही र रौतहटका धर्मगुरुहरुलाई लक्षित गरी सबल विश्वव्यापि दृष्टिकोण सम्बन्धि तालिमको दोस्रो दिन कम्पैशन(करुणा),रिलेशनशिप(सम्बन्ध विस्तार) र फेथ इन एक्सन(विश्वासको कार्यान्वयन) बारे विभिन्न माध्यमबाट धर्म गुुरुहरुलाई विस्तृत रुपमा जानकारी गराइयो । कार्यक्रममा डा.मिक रानीले रिलेशनशिप डा.नम्रता पाण्डेले कम्पैशन,शेख नाहिदा बानोले फेथ इन एक्सन र वल्र्ड भिजनका तेजेन्द्र मगरले समग्रमा इडब्लुभिको ५ वटै कम्पोनेन्टटको बारेमा प्रशिक्षण गर्नुभएको थियो । तालिम क्रियाकलापमुखि तथा समाजिक समस्याहरुको समाधानको बारेमा लक्षित भएकोले यसले पक्कै पनि समाज परिवर्तनमा सहयोग गर्ने बुझिएको छ । तालिममा प्राविधिक तथा विविध सहयोग प्रो.अफिसर आशिश चौधरी र दिपक कुमारले गर्नु भएको थियो ।