शुक्रबार नागको पूजा गरी नागपञ्चमी मनाइयो – Jaleshwortoday

शुक्रबार नागको पूजा गरी नागपञ्चमी मनाइयो

 August 13, 2021  

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २९ श्रावण
शुक्रबार नागको पूजा गरी नागपञ्चमी मनाइकएको छ । प्रत्येक वर्ष श्रावण शुक्लपञ्चमीका दिन घरमा नागको पूजा गरिनुका साथै नाग अंकित चित्र घरको ढोकामाथि टाँसिन्छ । तराई मधेसमा राति सुत्ने बेलामा हिन्दु परम्परा अनुसार पुरोहीतबाट मन्त्रले सिद्ध गरिएको धानको लाबा र माटो लाई घरको कुना कुनामा घरको मुल व्यक्तिबाट छर्किने चलन पनि रहि आएको छ । नाग र सर्प जस्ता घिस्रिने जनावरलाई मार्न हुन्न भन्ने मान्यता अनुरुप यो दिन खेतबारीमा खनजोत गरिन्न । घरको मूल ढोकामा त्यस्ता चित्र टाँसेर पूजा गर्दा वर्षभरि नै घरमा नाग र सर्पले दुख नदिने जनविश्वास पनि छ । नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए अनिष्ट हुने भएकाले यसलाई पूजा गर्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । प्रत्येक घरमा नाग रहने र नाग रिसाए घरको जग भत्किने विश्वास पनि रहेको छ । नागपञ्चमीको अवसरमा महोत्तरी जिल्ला लगायत देशको विभिन्न स्थानमा प्रतिमा राखेर मेला तथा सांस्कृति कार्यक्रम आयोजना गरिएको छ ।