" >
एसईईमा ४८ हजार विद्यार्थीले ल्याए ३.६ भन्दा धेरै जीपीए - Jaleshwortoday

एसईईमा ४८ हजार विद्यार्थीले ल्याए ३.६ भन्दा धेरै जीपीए

 १३ असार २०८२, शुक्रबार २३:४१  
1

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १३ आषाढ

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४८ हजार विद्यार्थीले ३.६ भन्दा धेरै जीपीए ल्याएका छन् ।

शुक्रबार प्रकाशित नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४ जीपीएसम्म ल्याएका हुन् ।

एसईईको परिणाम गत वर्षभन्दा सुधार पनि भएको छ । पोहोर ४७ दशमलब ८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले त्यो संख्या बढेर ६१.८१ पुगेको छ ।