" >
पत्रकार साहमाथि भएको दुव्र्यवहार प्रति विभिन्न संघसंस्थाहरुद्वारा कारवाही गर्न जोडदार माँग - Jaleshwortoday

पत्रकार साहमाथि भएको दुव्र्यवहार प्रति विभिन्न संघसंस्थाहरुद्वारा कारवाही गर्न जोडदार माँग

 २६ असार २०८२, बिहीबार ००:०३  
3

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २५ आषाढ

महोत्तरीमा समाचार संलग्नको क्रममा पत्रकार दिवाकर साहमाथि भएको दुव्र्यवहार घटनामा संलग्नहरुलाई कारवाही गर्न जोडदार माग गरिएको छ । बुधवार नेपाल पत्रकार महासंघ महोत्तरी शाखा,नेपाल पत्रकार महासंघ प्रादेशिक कार्य समिति मधेश प्रदेश,मिडिया काउन्सिल,नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौं,सामुदायिक रेडियो प्रसारक संघ नेपाल लगायत विभिन्न संघसंस्थाहरुले छुट्टाछुट्टै प्रेश विज्ञप्ति जारी गर्दै घटनाको छानविन गरि दोषि उपर कारवाही गर्न माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अनुसार एचटिपि खबरका सञ्चालक तथा पत्रकार दिवाकर साहमाथि २०८२ असार २३ गते सोमवार राति पत्रकार साह जलेश्वरस्थित पूर्वाधार विकास कार्यालयमा अनुचित गतिविधि भईरहेको जानकारी पश्चात समाचार संकलन गरिरहेको समयमा केही व्यक्तिहरुले दुव्र्यवहार गरेको घटनाले सम्मानपूर्वक बाँच्न पाउने नागरिकको मौलिक हक समेतको कुण्ठित गरिएको भनेर उल्लेख गरिएको जारी विज्ञप्तिमा समाचार संकलनको क्रममा पत्रकारलाई अवरोध गर्नु र धम्क्याउन प्रेस स्वतन्त्रता माथिको हस्तक्षेपप्रति घोर भत्र्सना गरिएको छ । जुनसुकै बहानामा गरिएको यस्ता हर्कत दण्डहीनताको पराकाष्ठा हो । पत्रकार साहमाथि भएको दुव्र्यवहार घटनामा संलग्नहरुलाई यथाशीघ्र कानूनी दायरामा ल्याउन र घटना सम्बन्धमा निष्पक्ष छानबिन समिति गठन गरी कानूनी कारवाही गर्न सरोकारवाला पक्षसँग महासंघ माग गर्दछ विज्ञप्तिमाउल्लेख छ ।
यस्तै प्रादेशिक कार्य समिति, मधेश प्रदेशका महासचिव शैेलेन्द महतो क्रान्तिद्वारा जारी विज्ञप्तिमा पत्रकार साहमाथि महोत्तरीको पूर्वाधार विकास कार्यालयमा भएको दुव्र्यवहार घटनाप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मिति २०८२ असार २३ गते राति अनुचित गतिविधि भइरहेको जानकारी पश्चात पत्रकार साह पूर्वाधार कार्यालयमा पुगेर समाचार संकलन गरिरहेको बेला उपस्थित केही व्यक्तिहरूले दुव्र्यवहार गरेको घटना भिडियोमा स्पष्ट देखिएको छ । समाचार संकलनको क्रममा पत्रकारलाई यसरी अवरोध गर्न खोज्नु र धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको खुला हस्तक्षेप हो ।यस घटनाको महासंघ मधेश प्रदेश समिति घोरभत्र्सना गर्दै पत्रकार साहमाथि दुव्र्यवहार घटनामा संलग्नहरूलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माँग गरिनुका साथै प्रेस स्वतन्त्रता हनन गरिने गतिविधि महासंघलाई पूर्णतः अस्वीकार्य रहेको जनाइएको छ ।

स्थानिय युवाहरु समेत आन्दोलित भई सिडिओलाई ज्ञापन पत्र बुझाए ।

यस्तै सामुदायिक रेडियो प्रसारक संघको महासचिव बन्दना दनुवारद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत सामुदायिक रेडियो प्रसारक संघको अध्यक्ष तथा रेडियो रुद्राक्ष महोत्तरीको स्टेशन प्रमुख उपासना तिवारी माथि सामाजिक संजालमा भएको अभद्र टिप्पणी प्रति गम्भीर ध्यानाकर्षण भएको र यस्तो आक्रमण स्वीकार नहुने बताइएको छ ।