" >
नेपालको आर्थिक वृद्धि दर ३.९ प्रतिशत मात्र हुने विश्व बैंकको प्रक्षेपण - Jaleshwortoday

नेपालको आर्थिक वृद्धि दर ३.९ प्रतिशत मात्र हुने विश्व बैंकको प्रक्षेपण

 २२ आश्विन २०७८, शुक्रबार ०२:१६  
World Bank

जलेश्वरटुडे समाचारदाता
काठमाढौं, २१ असोज
सन् २०२१÷२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ । हालैमात्र जारी गरेको बैंकको रिपोर्ट अनुसार कोभिडपछि यो वर्ष समग्रमा दक्षिण एसियाली मुलुकहरुको आर्थिक वृद्धिदरमा सुधार आउने बताएपनि नेपालको भने ४ प्रतिशत तलै रहने बैंकले बताएको हो । सरकारले भने यस वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । बैंकका अनुसार यस वर्ष दक्षिण एसियामा नै सबैभन्दा बढी माल्दिभ्सको ११ प्रतिशतले आर्थिक वृद्धि रहने छ । यस्तै, भारतको ७.५ प्रतिशत, बंगलादेशको ६.४ प्रतिशत र सबैभन्दा कम श्रीलंकाको २.१ प्रतिशत रहने बैंकले प्रक्षेपण गरेको छ । यता भुटान र पाकिस्तानको आर्थिक वृद्धिदर भने सरदर नेपालको जस्तै हुने बैंकले जनाएको छ । यद्यपि, यस वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिदर भने औषतमा ७.१ प्रतिशत रहने बैंकले जनाएको छ । कोभिड–१९ को प्रभाव क्रमशः घट्दै गएकाले आर्थिक क्षेत्रको गतिविधि बढ्दै जाँदा यसको प्रभाव समग्र दक्षिण एसियाली मुलुकमा पर्ने बैंकले जनाएको छ ।
त्यसो त अघिल्लो आर्थिक वर्ष २०१९÷२० मा २.१ प्रतिशतले ऋणात्मक रहेको नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२०÷२१ मा १.८ प्रतिशत मात्र वृद्धिदर भएको विश्व बैंकको भनाइ छ ।