ओमिक्रोन भेरियन्टको त्रासको कारण दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक – Jaleshwortoday

ओमिक्रोन भेरियन्टको त्रासको कारण दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

 November 28, 2021  
Virus

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १२ मंसिर

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राखेर सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।उनले भने, ‘कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय भएको छ । यो निर्णय कार्यान्वयनका लागि अध्यागमन विभागले समेत आफू मातहतका अध्यागमन कार्यालयहरुलाई परिपत्र गरिसकेको छ ।’ दक्षिण अफ्रिकी मुलुकसँगै अन्य केही देशमा पनि ओमिक्रोन भेरियन्ट भेटिन थालेपछि छिमेकी मुलुक भारतले पनि यसको रोकथाम तथा नियन्त्रणका लागि उच्त सतर्कता अपनाउने निर्णय गरिसकेको छ ।