ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले मनाए गायन तथा नृत्य प्रतियोगिता – Jaleshwortoday

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले मनाए गायन तथा नृत्य प्रतियोगिता

 December 4, 2021  
4444

जलेश्वरटुडे समाचारदाता
धनुषा, १७ मंसिर

जनकपुरधामको एयरपोर्ट रोड माछापालनदेखि पूर्व अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले शुक्रबार शैक्षिक पात्रो अनुसार एउटा कार्यक्रम वीच गायन तथा नृत्य प्रतियोगिता समपन्न गरेका छन् । गायन प्रतियोगिता अन्तर्गत कक्षा ४ देखि कक्षा यू.के.जी.सम्मका ९ जना विद्यार्थीहरुले सहभागि भएका थिए । जसमध्ये कक्षा यू.के.जी.को पुष्कर ठाकुर प्रथम,कक्षा ३ को रानी दास द्वितिय र कक्षा ४ को वर्षा ठाकुर तृतिय भएका थिए । त्यसैगरी नृत्य तर्फ १२ जना सहभागि भएका थिए । सहभागिहरु मध्ये कक्षा ४ को रुक्साना खातुन प्रथम,कक्षा ४ को वर्षा ठाकुर द्वितिय तथा कक्षा ३ को रानी दास तृतिय भएका थिए । उत्कृष्ट सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयको प्रधानाध्यापक उप—प्र्रा.पवन कुमार साह र उपप्रधानाध्यापक सोनी साहले पुरस्कृत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले हिन्दी तथा नेपाली फिल्मका गीत मा गायन तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा वरिष्ठ शिक्षक सरोज झा,विवेकानन्द झा,विन्देश्वर लाल कर्ण र शिक्षिका अन्जु महतोले निर्णायक मण्डलको भूूमिका निर्वाह गरेका थिए । शिक्षिका रोजी कर्ण,निशा झा,देवकाली यादव,अन्जली श्रेष्ठ,खेल शिक्षक संजय यादव,लेखापाल सरस्वति महतो,का.स.रिना ठाकुर र गिता देवीको समेत उपस्थिति रहेको थियो । प्र.अ.साहले सहभागि नभएका विद्यार्थीहरुलाई अन्य प्रतिस्पर्धाहरुमा भाग लिन प्रोत्साहित गर्नुभएका थिए भने सहभागिहरु तथा उत्कृष्ट विद्यार्थीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभयो । कार्यक्रम समपन्न गर्नमा सहयोग गर्ने सबैप्रति प्र्रअ साहले आभार प्रकट गर्नुभयो । यस किसिमको कार्यक्रमहरुको आयोजनाले विद्यार्थीहरु उत्साहित देखिएका थिए ।