नेसपाको सिरहा जिल्ला अध्यक्षमा जिवछ यादव चयन,सिरहा जिल्ला समितिको कार्यालय उद्घाटन – Jaleshwortoday

नेसपाको सिरहा जिल्ला अध्यक्षमा जिवछ यादव चयन,सिरहा जिल्ला समितिको कार्यालय उद्घाटन

 December 6, 2021  
Siraha

जलेश्वरटुडे समाचारदाता
सिरहा, १९ मंसिर

नेपाल सद्भावना पार्टी (नेसपा))को सिरहा जिल्ला समितिको अध्यक्षमा जिवछ यादव चयन भएका छन्् भने जिल्ला कार्यालयको समेत आइतबार उद्घाटन गरिएका छन् ।
जनता जागरण कार्यक्रमको आयोजनासँगै ९ सदस्ययी नेसपाको सिरहा जिल्ला समितिको गठन गरिएको थियो । उपाध्यक्षमा धर्मनाथ यादव,कोषाध्यक्षमा विक्रम साह,सचिवमा रामनारायण यादव,सहसचिवमा कृष्ण कुमार यादव,सदस्यहरुमा सूूर्य नारायण यादव,कमल यादव,जितेन्दर यादव र सल्लाहकार सदस्यमा पारसमणि ठाकुर सर्वसम्मतिले चयन गरिएका थिए । त्यसैगरी सिरहा जिल्ला समितिको कार्यालयको राष्ट्रिय अध्यक्ष रामकुमार महतोले रिबल काटी उद्घाटन गर्नुभयो । कार्यक्रममा वि.अतिथिको रुपमा दशरथ यादव,अतिथिको रुपमा रामपृत यादव,नरेश यादव र नागेन्द्र यादवलाई आशन ग्र्रहण गराइएको थियो ।