जलेश्वरटुडे समाचारदाता
काठमाडौंं, २६ आश्विन
- ७७ हजार २७७ निको भए, ३३ हजार ८८० सक्रिय संक्रमित
देशभर कोरोनाभाइरस संक्रमित थपिने क्रम जारी छ । लामो लकडाउनपछि हाल जनजीवन सामान्य अवस्थामा फर्किँदै गरेपनि पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाइँदा काठमाडौं उपत्यकासहित देशभर संक्रमण तीव्र गतिमा बढेको हो । पछिल्लो दिनको तथ्यांकलाई हेर्ने हो भने संक्रमित पहिचान हुने दर बढ्दो देखिन्छ ।
हिन्दु धर्मावलम्बीहरुको मुख्य चाड दसैँ भित्रिन लागेको अवस्थामा कोरोना संक्रमणको अवस्था बढ्दै गएपछि चिन्ता थपिएको छ भने दशैँमा हुने चहलपहलले कस्तो नतिजा निस्केला भन्नेमा भय अर्कोतिर छ ।
यहीबीचमा सोमबार पनि उपत्यकासहित देशभर १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।त्यतिबेला सरकारले ओठे जवाफ दिनु साटो कोरोनाविरुद्ध पूर्वतयारी गरेको भए…
यससँगै आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना रहेका छन् । यस्तै देशभर कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको गौतमले जानकारी दिए । हाल मनाङमा मात्रै कोरोनाको सक्रिय संक्रमित छैनन् भने बाँकी ७६ जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।देशभर कोरोना संक्रमितमध्ये २७९ जना आईसीयु र ६७ जना भेन्टिलेटरमा रहेका छन् ।








साभार ः रातोपाटि
