
मधेस प्रदेशका विभिन्न जिल्लाहरु झै महोत्तरी जिल्ला पनि प्रभावित भएको छ । अहिले विभिन्न पालिकाहरुले स्थानिय बाढी पिडीत परिवारलाई राहत बाँडन शुरु गरेको देखिन्छ । जसमध्ये मटिहानी नगरपालिकाको नगर प्रमुख हरि प्रसाद मण्डलले स्थानिय बाढी पिडीतहरुलाई आवश्यक चामलका साथै अन्य खाद्य सामाग्रीहरु वितरण गरी जनतालाई सहयोग गरेको देखिन्छ । त्यसैगरी यस जिल्लामा मटिहानी भन्दा पनि बढी प्रभावित भएका पालिकाहरुमा जलेश्वर,महोत्तरी,एकडारा,बलवा,रामगोपालपुर,बलवा,सम्सी,सोनमा,औरही,भंगहा,गौशाला आदि रहेका छन् ।
जलेश्वर नगरपालिका लगायत अन्य पालिकाहरुमा अहिले पनि पानीको स्तर घटेको छैन भने सर्वसाधारणको घरमा पानी पसी जनजिवन अस्तव्यस्त भएको छ । यी पालिकाहरुमा कति घर परिवार बाढीबाट प्रभावित भएका छन् भन्ने बारे अहिले पनि अनभिज्ञता देखिन्छ जुन गैरजिम्मेबारीपूर्ण कार्य रहेको देखिन्छ । यस क्षेत्रमा काम गर्ने सम्बन्धीत सरोकारबालाहरु समेत मौन रहेको देखिन्छ । अहिले पनि स्थानिय पालिका तथा सम्बन्धीत सरोकारबालाहरुले समयमै बाढी पिडीत कहाँ पुगी आवश्यक सहयोग गर्न आवश्यक रहेको देखिन्छ । स्थानिय सरकार आफैमा समपन्न रहेको कारण तुरुन्त राहतको कार्यक्रम ल्याई बाढी पिडीतलाई समयमै सहयोग गर्न आवश्यक रहेको देखिन्छ ।